राष्ट्रकवि अब केवल सम्झनामा!

 धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए

मेरै प्रीति दुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए

छाया आज पर्‍यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्‍यो

आँसुमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्‍यो!

- राष्ट्रकवि माधवप्रसाद घिमिरे


उहाँलाई ‌३ पटक भेट्ने सुवर्ण अवसर पाएकी थिएँ मैले। मेरो आँखा सामु अझै‌ प्रष्टसँग आउदछन ती पल, हातको त्यो कम्पनले पनी कलम चलाउन नरोकि उहाँले मेरो नाममा  आशिर्वाद दिइ गर्नु भएको त्यो हस्ताक्षर, झलझली नाच्दैछन् ती चित्र, गुन्जिरहेका छन् ‌उहाँका ती आत्मवृत्तान्तका कथाहरू..

सधै प्रसन्न मुद्रामा देखिएका उहाँले सानो स्वरले आफ्नो विचार व्यक्त गर्दै जाँदा, हौँसिदै जोसिँदै घन्टौँसम्म सुनाउनु हुन्थ्यो आफ्ना अनुभवहरू..

यी सबै मौका जुराउनु भएको थियो मेरो कान्छो मामाले, जसले आफ्नो पहिलो खण्ड काव्य राष्ट्रकविलाई समर्पित गरी "राष्ट्रकवि"  नाममा प्रकाशन गर्नुभएको छ!


त्यसैबाट साभार यो हरफ महाप्रस्थानमा‌ हिड्नुभएका  कविवरका नाम:

फर्की आऊ कविवर यहाँ भन्छ होला हिमाल

ऊर्ध्वारोही बन अझ तिमी ‌भन्छ होला पहाड

 खोज्दै छाया विगत दिनका सम्झिदेऊ रसाई

 भन्लान् तिम्रा लमजुङ सँगी गाउँ बेसी हँसाई..

 

 राष्ट्रकवि अब केवल सम्झनामा!

 नेपाली साहित्यमा ऊहाँको योगदान प्रति सदैव नमन तथा कृतज्ञता प्रकट गर्दै चीरशान्तिको कामना।


Comments

Popular posts from this blog

Raavana- The Man of my Dreams

Imperfecto?

Privilege, Perception, and Breaking Assumptions, One Earned Step at a Time